बि.सं. २०६६ साल बैशाख १ गते धरान उप–महानगरपालिका वडा नं. १५ निवासी केहि जागरुक तथा उत्साहित व्यक्तिहरुको पहलमा पूर्णरुपमा सेवाभावले यो नागरिक समाज कल्याण केन्द्रको स्थापना भएको हो । स्थापनाकालमा श्री भोजराज श्रेष्ठको अध्यक्षतामो सात सदश्यीय तदर्थ समिति गठन गरिएको थियो । त्यसैगरि वि.सं. २०६७ साल माघ २९ गते उक्त तदर्थ समितिलाई विस्तार गरीे ११ सदश्यीय बनाईएको थियो । यसरी विभिन्न चरणहरु पार गर्दै तेह्रौं साधारण सभासम्म आइपुग्दा संस्थाले निकै ठूलो फड्को मारेको प्रष्ट हुन्छ । समाज कल्याण परिषद र जिल्ला प्रशासन कार्यलयमा दर्ता भएपछि यस संस्थाले आप्mनो उदेश्य बमोजिम शैक्षिक तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रियता देखाउदै आएको छ । प्रारम्भमा सिमित स्रोतसाधन र सिमित कार्यक्षेत्र भएकोले घरदेखि स्कूलसम्म कार्यक्रम मार्फत आर्थिक अवस्था कमजोर भएका गरिव तथा जेहेन्दार ५ जना विद्यार्र्थीहरुलाई स्कूल पोशाक, व्याग, स्टेशनरी लगायतका शैक्षिक सामग्रीहरु उपलब्ध गराई उनीहरुको बिद्यालय शिक्षालाई निरन्तरता दिन प्रोत्साहन गरेको थियो । त्यसपछि निरन्तर रुपमा उक्त कार्यलाई अगाडि बढाईयो । आ.व. २०७०/०७१ देखि संस्थाले निरन्तर रुपमा घरदेखि स्कूलसम्म र सामाजिक सेवा गरी २ वटा कार्यक्रमलाई संगसँगै अगाडि बढाईरहेकोछ । सोहि समयदेखि संस्थाले आफ्नो कार्यक्षेत्र र सदस्य संख्यामा पनि उल्लेखनीय रुपमा बिस्तार र बृद्धि गर्दै अहिलेको अबस्थामा आईपुगेको छ ।